घरबाट हराएका सुदर्शन अझै फेला परेनन्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बाराको निजगढ नगरपालिकाका सम्पर्कविहीन युवक चार महिना हुँदा पनि अझै भेटिएका छैनन् । पछिल्लो समय काठमाडौंको कलंकीमा बस्दै आएका ३६ वर्षीय सुदर्शन​ तिमिल्सिना सम्पर्कविहीन भएको चार महिनामा पनि फेला नपरेका हुन् । 

उनी गत १३ असारमा घरबाटै सम्पर्कविहीन भएका थिए । उनका बुबा चक्रपाणि तिमिल्सिनाका अनुसार सुदर्शनको मानसिक सन्तुलन ठीक थिएन । 

उनले धेरै ठाउँमा खोजी गर्दा पनि छोरा नभेटिएको बताए । चक्रपाणिले आफ्नो छोरा कतै देखेमा ९८२८२११९७२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी सहयोग गर्न आग्रह पनि गरेका छन् ।  





  • प्रकाशित मिति : असोज २२, २०८० साेमबार २१:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया