राज्यकोभन्दा अलग्गै भाषा बोल्ने नै नेपालका आदिवासी : पृथ्वीसुब्बा गुरुङ
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राज्यको भाषाभन्दा अलग्गै भाषा बोल्ने नै नेपालका आदिवासी भएको बताएका छन् ।   

तमु प्ये ल्हु संघ केन्द्रीय समितिको ३१ औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यले मान्ने धर्मभन्दा फरक धर्म मान्ने मानिस नै आदिवासी भएको बताएका हुन् । गुरुङले नेपालमा केही समय अघिसम्म हिन्दु धर्म राज्यको धर्म रहेको र तत्कालीन समयमा हिन्दु राजाले मान्ने धर्म नै हिन्दु धर्म भएको पनि बताए ।

हिन्दु आर्य संस्कृतिको राजा भएकाले नेपालको राजकीय संस्कृति हिन्दु आर्य संस्कृति भएको पनि उनको दाबी छ । गुरुङले आदिवासी अझै पनि जातीयतामा नगएको र जनजातिमै सीमित भएकाले आदिवासीमा सामूहिकता कायम रहेको बताए ।

उपमहासचिव गुरुङले आदिवासी समुदायमा एउटा नीति र थिति हुने र सबैलाई बराबर लगाएर काम गर्ने संस्कार रहेको बताए । उनले जसको मानव समुदायको लिखित इतिहास छैन त्यो नै आदिवासी भएको बताए । गुरुङले आदिवासीको इतिहास किंवदन्तीमा आधारित रहेको बताए ।  





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार १०:५८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया