सुवेदीको सिर्जनामा नयाँ दसैँ-तिहार गीत बजारमा (भिडियोसहित)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लोकसर्जक सन्तोष सुवेदीको सिर्जनामा नयाँ दसैँ-तिहार गीत बजारमा आएको छ । हरिराम बिसी र लक्ष्मी खड्काको सुमधुर स्वरमा सजिएको गीतमा महेन्द्र भण्डारीको संगीत छ । 

मालश्री स्टुडियोमा रेकर्ड भएको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । पछिल्लो समयका चर्चित निर्देशक निरेन श्रेष्ठको निर्देशन रहेको म्युजिक भिठियोमा विमल अधिकारी, सञ्जिता दर्लामी, आरती खड्का अश्मीता न्यौपाने र बाल कलाकार सुप्रिम सुवेदीको अभिनय रहेको छ । 

गीतलाई हरिराम बिसीकै HatiramBcMotionvideo च्यानलमा हेर्न सकिन्छ ।बिसीको आवाजमा यही वर्ष बजारमा आएको ‘लैजान्छु पोखरा’ तीज गीतलाई दर्शक श्रोताले अत्यधिक रुचाएका थिए । सो गीतमार्फ उनी नवगायकको अवार्डमा पनि मनोनीत भएका थिए ।

लैजान्छु पोखराका सर्जक सुवेदीका यसअघि दर्जनौँ गीत सुपरहिट भएका थिए । झण्डै एक दशक लोक सिंजर्नामा बिताएका सुवेदीले पछिल्लो ‘दसैँ–तिहार’ गीतमा पनि दर्शक–श्रोताको अपार माया पाउने विश्वास व्यक्त गरेका छन् ।   





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार २१:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया