काभा भलिबलमा अफगानिस्तानसँग भिड्दै नेपाल
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल आज दिउँसो १ः४५ बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपालले दुई खेल खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ सेटले हराएको थियो । आयोजक श्रीलंकासँग भने नेपाल ३–० सेटले पराजित भयो ।   

अफगानिस्तानले भने लगातार तेस्रो जितको खोजीमा छ । उसले उज्वेकिस्तान र बंगलादेशलाई हराइसकेको छ । प्रतियोगितामा अफगानिस्तानलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।   

नेपालले चौथो खेलमा २६ गते साउदी र २७ गते उज्वेकिस्तानसँग खेल्ने तालिका छ । ६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल र त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् ।  
 





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार ७:१५:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया