एमाले जुम्लाका उपाध्यक्ष शाहीविरुद्ध बालयौन दुर्व्यवहारको जाहेरी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीविरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी दर्ता गरिएको छ । १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा शाहीविरुद्व जाहेरी दर्ता गरिएको हो ।

उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दर्ता भएको छ । नेता शाहीले तातोपानीकी एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको, फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो । 

पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएको जुम्लाका डिएसपी प्रह्लाद कार्कीले जानकारी दिए । 





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार ९:२३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया