काभा पुरुष भलिबल च्यालेन्ज कप : नेपालद्वारा अफगानिस्तान पराजित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

श्रीलंकामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

कोलम्बोस्थित सुगाथादास रंगशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटमा पराजित गरेको हो ।
 
अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५–१९ अंकले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९–२५ तथा तेस्रो सेट २२–२५ अंकले गुमाएको थियो । 

नेपालले चौथो सेट २५–२१ अंकले तथा पाँचौँ एवं निर्णायक सेट १५–१० अंकले आफ्नो पक्षमा पारेको थियो ।  

नेपाल हालसम्म खेलेका तीनमध्ये दुई खेलमा विजयी तथा एउटामा पराजित भएको छ । नेपाल पहिलो खेलमा बंगलादेशसित ३–१ सेटले विजयी भएको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

जारी प्रतियोगितामा अफगानिस्तानको यो पहिलो हार हो । अफगानिस्तानले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३–२ तथा दोस्रो खेलमा बंगलादेशलाई ३–० को सेटमा पराजित गरेको थियो ।

नेपालले अब शुक्रबार साउदी अरबसित खेल्नेछ । यही असोज २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, साउदी अरब र उज्वेकिस्तान सहभागी छ्न् ।





  • प्रकाशित मिति : असोज २४, २०८० बुधबार १९:२१:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया