logo-img

कर्णालीमा लागूऔषधविरुद्ध लालटिन अभियान

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा लागूऔषधविरुद्धको लालटिन अभियानको शुभारम्भ गरेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लालटिन अभियानको शुभारम्भ गर्दै उनले लागूऔषधका कारण घर, समाज र सिंगो राष्ट्रलाई असर पुगेको भन्दै यसका विरुद्धमा सिंगो समाज एकजुट हुनुपर्ने बताए । 

उनले भने, ‘सबैको साझा सङ्कल्प र प्रयत्नबाट लागूऔषध नियन्त्रण र अन्त्यतर्फ लाग्नु आजको आवश्यकता हो, घर, समाज र राष्ट्रलाई लागूऔषध मुक्त बनाउनका लागि सबैले सङ्कल्प गर्नु आवश्यक छ ।’

उनले सीमा नाकामा हुने लागूऔषध ओसार–पसार नियन्त्रणका लागि तीन तहकै सरकार र सामाजिक संघ–संस्थाको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यसतर्फ सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गरेका छन् । 



उनले भने, ‘सीमाबाट हुने लागूऔषध नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका साथै नागरिक समाज, सामाजिक संस्था र समुदायको महत्त्वपूर्ण भूमिका रहन्छ, यसतर्फ आजकै दिनदेखि सक्रियतापूर्वक लाग्न सबैमा आग्रह गर्दछु ।’

लागूऔषधको दुर्व्यसनमा १६ देखि २६ वर्ष उमेर समूहका धेरै प्रभावित तथ्याङ्कले देखाएको भन्दै उर्वर उमेरमा कुलतमा फस्नु राष्ट्रका लागि हानिकारक भएको उनको भनाई छ ।





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १३:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया