logo-img

जनताको निराशा विद्रोहमा परिणत नहोस् : अर्जुननरसिंह केसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

  
नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले देशमा नीतिगत भ्रष्टाचार मौलाएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् । 

देशमा नीतिगत भ्रष्टाचारको आडमा मनपरीतन्त्र चलेको भन्दै उनले त्यसलाई नियन्त्रण गर्न समयमा नै सचेत हुन आवश्यक रहेको बताए । 
उनले भने,‘अहिले जुन नीतिगत भ्रष्टाचारका बढेको छ, त्यसको अर्थ सबैलाई थाहा हुनु आवश्यक छ । नीतिगत भ्रष्टाचारको आडमा जुन किसिमको मनपरीतन्त्र छ, त्यसलाई नियन्त्रण गर्न हामीले समयमा नै सचेत हुन सकेनौँ भने त्यसले अत्यन्तै नकारात्मक स्थिति पैदा गर्दछ ।’

अहिले जनताको निराशा विस्तारै विद्रोहमा परिवर्तन हुँदै गएको उनको टिप्पणी छ । उनले भने,‘अहिले जुन असन्तोष र निराशा छ जनतामा त्यो विस्तारै विद्रोहमा परिवर्तन हुँदै छ, भुसको आगो जस्तो सल्केर जनतामा जुन निराशा छ, समयमा निराकरण गर्न सक्नुपर्छ ।’ 







  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १५:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया