मुलुक अधोगति तिर छ, विमानस्थल विदेश जानको लागि मात्रै बनाएको जस्तो भयो  : ज्ञानेन्द्र शाही

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देश छोड्ने युवाहरूको सङ्ख्या कहाली लाग्दो भएको बताउँदै त्यसलाई रोक्न आवश्यक भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले ९ वर्षमा ४३ लाख युवा बिदेसिएको भन्दै यो दुखद भएको बताए । 

‘यो ९ वर्षमा १२ हजारभन्दा बढी मान्छेको लास त्रिभुवन विमानस्थलबाट नेपाल फर्किन्छ, झन्डै ४३ लाख युवाहरू विदेश जान्छन् । एक दिनमा ३ हजारभन्दा बढी युवाहरू विदेश गई रहने त्यो त्रिभुवन विमानस्थल विदेश जानको लागि बनाइएको थिएन होला भन्ने लाग्छ,’ उनले भने ।

उनले वर्षेनी बिदेसिने युवाको सङ्ख्या बढेको भए पनि देशको आर्थिक अवस्था नसुधारिएको तर्क गरे । उनले भने,‘२०६५, ६६ सालमा विदेश जाने युवाहरू १९ हजार थिए भने अहिलेको वर्ष ६ लाख ३० हजारभन्दा बढी छ । युवाहरू विदेश गएका छन् । ऋण थपिएको थपिएकै छ । त्यो पैसा कहाँ गयो यसको खोजी गर्नु हाम्रो कर्तव्य हो ।’ 

उनले जति नै परिवर्तनको दुहाई दिए पनि जनताको जीवन परिवर्तनका लागि कुनै काम हुन नसकेको बताए । ‘यो प्रदेश ल्याएका छौ, संघीयता कार्यान्वयन गरेम्, टेबल बजायौँ । यो देशले प्रदेशका नाममा २ खर्बको आम्दानी छ । यो वर्षमा ८ खर्बको प्रशासनिक खर्च छ । यो पैसा कहाँबाट ल्याउँछे आज मुलुक धरासयी अवस्थामा पुगेको छ । हामी युवाको भविष्य खोज्न आवश्यक छ,’ उनले भने ‘यो देश, यो राष्ट्र, मुलुक दिनानुदिन अधोगति तिर लागेको छ । अझै हामी संसदमा बसेर टेबल बजाई रहेका छौ । नेताका सन्तान विदेशमा, जनताका सन्तान खाडीमा यो व्यवस्थाले हुँदैन, यो अवस्था परिवर्तन गर्नुपर्छ ।’





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १७:२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया