logo-img

माओवादीले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदको विरोध

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने क्रममा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै कांग्रेस सांसदहरुले विरोध गरेका छन् ।

कांग्रेसको शेखर कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यले आङबोले आफूहरूको हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराउँदै उनको कार्यालयमा निवेदन दिएका छन् ।

ती प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस नेता केदार कार्कीले पेश गरेको दाबीमा हस्ताक्षर गरेका छन् । माओवादीका आङबोले पनि उनीहरूकै हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी परेपछि आफूहरुको हस्ताक्षर दुरुपयोग भएको कांग्रेस सांसदहरूको भनाइ छ ।



नेपाली कांग्रेसका कार्कीलाई समर्थन गर्नेमा इलामका शमशेर राई र गोविन्द गिरी, उदयपुरका रामकुमार खत्री, लिलाकुमारी राई, झापाकी इन्दिरा थापा, मोरङका मानबहादुर लिम्बू र सुनसरीका सुनिता गुरुङ छन् ।

कोशी प्रदेश सभामा नेपाली कांग्रेसका २९ जना प्रदेश सांसद छन् । तीमध्ये ८ जनाले कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

केन्द्रमा गठबन्धन दलहरुका शीर्ष नेताहरूले माओवादीका आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमति जनाएपछि विद्रोह गर्दै कांग्रेसको कोइराला समूहका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार १९:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया