logo-img

प्रधानसेनापति शर्मा र बेलायती सेनाध्यक्षबीच भेटघाट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बेलायत भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा र बेलायतका सेनाध्यक्ष जनरल सर पैट्रिक स्यान्डर्स जनरलबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट भएको छ । 

भेटका दौरान बेलायती सेनाध्यक्ष स्यान्डर्सले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने कुरा बताएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
 
द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोका बारेमा छलफल भएको उक्त भेटघाटमा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी कर्नल पलस्मिथको उपस्थिति थियो ।

यसैबीच प्रधानसेनापतिले बेलायतको रोयल कलेज अफडिफेन्स स्टडिजको भ्रमण गरेका छन् ।

प्रधानसेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भएका थिए । 

त्यस अवसरमा महामहिम राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमण दलका सदस्यहरूलाई स्वागत गर्दै बेलायत र नेपालबीचको द्विपक्षीय राजनीतिक, आर्थिक, सामाजिक, सैनिक सम्बन्धको विकास र विस्तारमा नेपाली सेनाको भूमिका महत्त्वपूर्ण रहेको बताए । 


 





  • प्रकाशित मिति : असोज २५, २०८० बिहीबार २०:४२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया