logo-img

एमालेको समर्थनमा कांग्रेसका केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले शनिबार उनलाई  मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । केन्द्रमा गठबन्धनमा आबद्ध दलहरूले नेकपा माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेका थिए ।

उक्त सहमतिप्रति असहमति जनाउँदै कांग्रेसको शेखर कोइराला पक्षधर कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । कार्कीको समर्थनमा उनीसहित कांग्रेसका ८ सांसद तथा नेकपा एमालेका ३९ जना सांसद छन् ।



समर्थन गर्ने सांसदहरूको प्रत्यक्ष उपस्थितिमा प्रदेश प्रमुख खापुङले सनाखत गराएपछि कार्कीलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका एमालेका हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आफूले विश्वासको मत पाउने आधार नदेखेपछि असोज २० गते पदबाट राजीनामा दिएका थिए । 

त्यसपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वन गरेका थिए । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न हिजो ५ बजेसम्मको समय दिएका थिए । मुख्यमन्त्रीका लागि कार्की र आङ्बो दुवैले आफूलाई ४७–४७ सांसद्को समर्थन रहेको भन्दै दाबी पेस गरेका थिए ।

दुवैको बराबरी समर्थन संख्या पेस भएपछि समर्थन गर्ने सांसदहरूको सनाखत गरिएको थियो । सनाखतमा कार्की पक्षका सांसदहरु उपस्थित भएका थिए भने आङ्बो पक्ष सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय गएन । सनाखत गर्दा कार्कीको पक्षमा ४७ सांसद पुगेपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १२:२०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया