हमासले इजरायलमा फेरि सुरु गर्यो रकेट आक्रमण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हमासले इजरायलको दक्षिणी क्षेत्रमा थप रकेट प्रहार गरेको छ। यसअघि हमासले दक्षिण इजरायलको आवासीय क्षेत्रमा रकेट प्रहार गरेको थियो।

हमासले आक्रमण गर्नुअघि दक्षिण इजरायलका स्थानीयलाई सावधानी अपनाउन साइरन बजाइएको थियो। उक्त साइरन बजेको १० मिनेट पछि हमासले मिसाइल प्रहार गरेको अलजजिराले जनाएको छ। 

त्यहाँ रकेटहरूको निरन्तर ब्यारेज भइरहेको छ र सुरक्षित भनिएको तेल अबिमिा अलर्ट जारी गरिएका छन्। 

गत शनिबार हमास समूहले उत्तरी इजरायल क्षेत्रमा आक्रमण थालेसँगै निरन्तर इजरायलले गाजामा मिसाइल प्रहार गरिरहेको छ। 

इजरायली सरकारले आइतबार गाजा स्ट्रिप वरपरका अधिकांश क्षेत्रहरू खाली गर्ने बताएको छ। धेरै मानिसहरूलाई पहिले नै खाली गरिसकिएको छ। 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १७:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया