देश अरूको अधीनमा जान लागेकाे सिपी मैनालीको दाबी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा मालेका महासचिव सिपी मैनालीले नेपाली भूमिलाई कसैले, आफ्नो काल्पनिक शत्रुको विरोधमा प्रयोग गर्न खोजिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा नेकपा एमालेद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले देशको राजनीतिमा र नेतृत्वमा परचक्रीहरूको हावी भएको भन्दै नेपाली भूमिलाई कसैले आफ्नो कल्पित शत्रुको विरोधमा प्रयोग गर्न खोजिरहेको बताएका हुन् । 

उनले भने,‘देशको राजनीतिमा जुन ढंग्ले परचक्रीहरू हावी भएका छन् । हाम्रा नेतृत्वमा हावी भएका छन् । हाम्रा नीतिहरूमा हावी भएका छन् । कुनै दिन हामी पनि त्यस्तै हुनुपर्ने हो कि । हाम्रो भूमि कसैले आफ्नो कल्पित शत्रुको विरोधमा प्रयोग गर्न खोजिरहेको छ । पहिलेदेखि नै कसैले हामीलाई गाभ्न र संरक्षित राज्य बनाउन खोजिरहेको छ ।’

उनले हाम्रो स्वतन्त्रता सार्वभौम सत्ता अखण्डतालाई बाह्य शक्तिले नाम मात्रको बनाइदिएको भन्दै त्यसलाई बदलेर वास्तविक स्वतन्त्रता स्थापित गर्नुपर्ने टिप्पणी गरे ।

उनले भने, ‘हाम्रो भूमि खण्डित छ बाह्य शक्तिले हाम्रो स्वतन्त्रता सार्वभौम सत्ता अखण्डतालाई नाम मात्रको खाली औपचारिकताको बनाइदिएका छन् । त्यसलाई बदलेर वास्तविक स्वतन्त्रता स्थापित गर्नुपर्छ । राष्ट्रिय प्रजातन्त्र हामीले प्राप्त गरिसकेका छैनौँ ।’ 
उनले देश अरूको अधीनमा जान लागेको भन्दै त्यसबारे सोचेर आफू चिन्तित रहेको बताए । 





  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १८:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया