logo-img

भारत र श्रीलंकाबीच ४० वर्षपछि डुंगा सेवा पुनः सञ्चालन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारत र श्रीलंकाले ४० वर्षपछि डुंगा सेवा शनिबारदेखि पुनः सञ्चालन गरेका छन् ।

भारतको तमिलनाडु राज्यको पूर्वी तटमा रहेको नागापट्टिनम र श्रीलंकाको उत्तरी प्रान्तको जाफ्नानजिकै कान्केसानथुराईबीच यो सेवा सुरु गरिएको हो ।

भारतका बन्दरगाह, पानीजहाज तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले नागापट्टिनम बन्दरगाहमा सेवा सञ्चालन खुला भएको संकेतस्वरूप डुंगालाई हरियो झण्डा देखाएर डुंगामा आएका यात्रीलाई स्वागत गरेका थिए । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन समारोहलाई सम्बोधन गर्दै श्रीलंकाका राष्ट्रपति, सरकार र त्यहाँका जनतालाई नौका सेवाको सफल शुभारम्भका लागि धन्यवाद दिए । उनले भारतको रामेश्वरम र श्रीलंकाको तलैमन्नारबीच नौका सेवा पुनः सञ्चालन गर्ने दिशामा काम गर्नेबारे पनि चर्चा गरे । 

सिपिङ कर्पोरेसन अफ इन्डियाले सञ्चालन गरेको उच्च गतिको डुंगाको क्षमता १५० यात्रु रहेको छ । 

नागपट्टिनम र कान्केसानथुराईबीचको करिब ६० नटिकल माइल (११० किलोमिटर)को दूरी समुद्रको अवस्थाअनुसार करिब ३.५ घण्टामा पूरा हुने अधिकारीहरूले बताएका छन् ।



पचास यात्रु लिएर श्रीलंकाका लागि छुटेको ‘चेरियापानी’ जहाज साँझपख श्रीलंकाबाट यात्रु लिएर भारत फर्कनेछ ।



  • प्रकाशित मिति : असोज २७, २०८० शनिबार १८:२३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया