logo-img

आरजु भन्छिन्- सामाजिक सञ्जालमा कांग्रेस जिरोमा गइसक्यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाले कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको तर्क गरेकी छन् । अछाम-काठमाडौं सम्पर्क समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले स्थानीय तहदेखि केन्द्रसम्म सरकारमा रहेको कांग्रेसले आफ्नो शक्ति चिन्न नसकेको बताएकी हुन् ।   

उनले भनिन्, ‘सातै प्रदेश, केन्द्र, ७७३ नगरपालिका, गाँउपालिका अधिकांशमा हामी छौँ । भनेपछि हामी शक्ति भएको स्थानमा छौँ कि हामी कमजोरमा छौँ । हामीले आफूलाई चिन्नु पर्छ । हाम्रो पार्टीका अग्रज नेताहरूले गर्नु भएको काम जनताको अगाडि प्रष्ट भएकै कारणले नेपाली जनताले हामीलाई हरेक पटक चुनावमा जिताएको छ ।’ 

सामाजिक सञ्जालमा पार्टीको उपस्थिति कमजोर भएको प्रति असन्तुष्टि पोख्दै उनले सकारात्मक सोचेर पार्टीको पक्षमा खरो उत्रिन आग्रह गरिन् । ‘सामाजिक सञ्जालतिर हेर्ने हो भने नेपाली काङ्ग्रेस जिरोमा गइसकेको छ के हामी जिरोको पार्टी हो ?,’ उनले प्रश्न गरिन् । 







  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार ७:१९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया