टेलिकमले ल्यायो चाडपर्वलक्षित अफर, आजदेखि लागू

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल टेलिकमले दसैँतिहार तथा छठलगायतका विभिन्न पर्वको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ । 

जसअन्तर्गत ग्राहकले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइतबारदेखि सुरु हुने यो अफर १० कात्तिकसम्म उपलब्ध हुनेछ ।

अफर अन्तर्गत ४९ रुपैयाँमा एक दिन प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १ सय मिनेट भ्वाइस कल सुविधासहितको प्याकेज उपलब्ध हुनेछ । 

त्यसैगरी ९८ रुपैयाँमा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जिबी डेटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । १९९ रुपैयाँमा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जिबी डेटा प्याक, २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डेटा प्याक र ३९९ रुपैयाँमै १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जिबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ ।

यही अफरअन्तर्गत ७८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेजअन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६ सय मिनेट अल नेट भ्वाइस सुविधा र २ सय अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने टेलिकमले जनाएको छ ।     





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार ७:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया