logo-img

मनाङ एयरका पाइलट सेढाईंलाई थप उपचारका लागि मुम्बई लगियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी शनिबार गम्भीर घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई आइतबार बिहान मुम्बई लगिएको उनको उपचारमा संग्लग्न ह्याम्स अस्पतालले जनाएको छ ।

अस्पतालले शनिवार साँझ विज्ञप्ति जारी गर्दै उनको थप उपचारका लागि नेशनल बर्न सेन्टर मुम्बईमा लैजाने जानकारी दिएको थियो ।  

शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्थामा रहेको अस्पतालले जारी विज्ञप्तिमार्फत उल्लेख छ । 



विज्ञप्तिमा भनिएको छ, ‘सेढाईंको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या छ । उनको शरीर र हातको उपचारका लागि अपरेसन कक्षमा डेब्रिडेमेन्ट र इस्कराटोमी गरी उपचार भएको छ ।’   

शनिबार बिहान ७ः१३ मिनेटमा उडेको हेलिकोप्टर बिहान ७ः२४ मिनेटमा सोलुखुम्बुको लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको थियो ।
 





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार ८:१०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया