logo-img

कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद, एमाले पनि सरकारमा सहभागी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले शपथ लिएका हुन् ।

कार्की कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा प्रदेशको आठौँ मुख्यमन्त्री नियुक्त भएका हुन् । कांग्रेसका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् ।

यसैबीच कोशी प्रदेश मन्त्रिमण्डल तीन सदस्यीय बनेको छ । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ ग्रहण गरे लगत्तै दुईजना मन्त्री सिफारिस गरेका थिए ।



उनको सिफारिसमा एमालेका रामबहादुर राना र कांग्रेका शमशेर राई मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरूले पनि शपथ ग्रहण गरेका छन् ।

अन्य मन्त्रीहरू थप्ने विषयमा एमालेसँग छलफल गरी टुङ्गो लगाइने भएको छ । थपिने मन्त्रीहरूमा कार्कीलाई समर्थन गर्ने कांग्रेस सांसदहरू तथा एमालेका सांसदहरूमध्येबाट हुने जनाइएको छ ।
 





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार १६:११:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया