logo-img

अब मध्यावधि निर्वाचनको चिन्ता सकियो : मुख्यमन्त्री कार्की

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कोशीका मुख्यमन्त्री केदार काकीले प्रदेशमा नयाँ सरकार बनेपछि मध्यावधि निर्वाचन हुन्छ कि भन्ने चिन्ता सकिएको बताएका छन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले तत्कालका लागि तीन सदस्यीय मन्त्रिपरिषद् बनेको भन्दै आगामी दिनमा सहमतिको सरकार बन्ने दाबी गरे । आफ्नो नेतृत्वमा सरकार बनेपछि प्रदेशको राजनीतिक संकट समाधान भएको दाबी पनि उनले गरे ।

उनले भने, ‘प्रदेशसभा विघटन हुन्छ कि, मध्यावधि हुन्छ कि भन्ने चिन्ता थियो तर अब यी सबै चिन्ता सकिएको छ ।’



प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिक विषय वार्ताद्वारा समस्या समाधान गर्ने प्रतिबद्धता मुख्यमन्त्री कार्कीले जनाए । कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले आजै दुई जना मन्त्रीलाई नियुक्त गरेका छन् ।
 





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार १७:४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया