logo-img

इजरायलमा ज्यान गुमाएका १० मध्ये पाँचजनाको शव फेला

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अघिल्लो शनिबार इजरायलमा हमासको आक्रमणमा परेर ज्यान गुमाएका १० विद्यार्थीमध्ये पाँचजनाको शव फेलापरेको छ । 

पाँचजनाको शव प्राप्त भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो । ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो । 

बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ । सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । 



प्राप्त गरेका शवहरू ढिला नगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।





  • प्रकाशित मिति : असोज २८, २०८० आइतबार २१:२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया