logo-img

अमेरिकी अरब सहयोगी देश इजरायलको द्वन्द्व फैलियोस् भन्ने चाहँदैनन् : ब्लिन्केन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गाजा पट्टीमा हमाससँग इजरायलको द्वन्द्व रोक्न संयुक्त राज्य अमेरिकाका अरब सहयोगीहरू एकमत रहेको बताएका छन् ।

इजिप्टबाट इजरायल प्रस्थान गर्नुअघि ब्लिन्केनले यस क्षेत्रका सातवटा देशको भ्रमणपछि पत्रकारसँग भने, ‘म गएको हरेक देशमा द्वन्द्व नफैलियोस् भन्ने दृष्टिकोण रहेको छ । मेरो भ्रमणको उद्देश्य त्यहाँका सरकारको राय के छ बुझ्नु थियो । कसैले पनि आगोमा इन्धन थप्ने कुनै पनि काम गर्नु हुँदैन । यी सबै सहयोगी देशहरूसँगको मेरो कुराकानीबाट यो स्पष्ट भएको छ ।’  

 



गत ७ अक्टोबरमा इजरायलको दक्षिणी भागमा प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले गरेको आक्रमणमा १ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।

इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी २ हजार ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।  





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार ७:०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया