साहित्यकार टङ्क भट्टराईको ‘ठाँटीको घाम’ सार्वजनिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

साहित्यकार टङ्कबहादुर भट्टराईद्वारा लिखित ‘ठाँटीको घाम’ उपन्यास सार्वजनिक भएको छ । घटस्थापनाका अवसरमा ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले संयुक्तरुपमा सो कृतिको विमोचन गरे ।

सो अवसरमा उनीहरूले साहित्यकार भट्टराईलाई अगामी दिनमा निरन्तर लेखन जारी राख्न सुझाव दिए । ताप्लेजुङको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत भट्टराईको यसअघि ‘साँझमा पारिलो तारा २०६८’ (कविता सङ्ग्रह) र ‘म पनि बग्दैछु साप्सु–२०७३’ कथा सङ्ग्रह प्रकाशित भइसकेका छन् ।

सामाजिक जनजीवनलाई जीवन्त एवं सटिकरुपमा उतारिएको सो ‘ठाँटीको घाम’ उपन्यासभित्र विभिन्न ५३  खण्डमा अलगअलग विषयवस्तु सरल र सहज भाषामा समेटिएका छन् । उपन्यास २४५ पृष्ठको छ ।  





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार ९:२५:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया