logo-img

मापदण्डविपरीतका मासु पसललाई कारबाही

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

लगनखेलका अधिकांश मासु पसल मापदण्डविपरीत रहेको पाइएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार सहितको टोली बजार अनुगमनमा जाँदा लगनखेलको इटिटोल र लगनखेल बजारका अधिकांश  मासु पसल, केही फलफूल तथा जुस पसल मापदण्ड विपरीत चलेको, म्याद नाघेका जुस भेटिएको हो ।

‘लगनखेलका मासु तथा फलफूल पसल मापदण्डअनुसार नचलेको, गुणस्तर कायम नगरेको पाइयो, अनुगमन गरेकामध्ये दुई वटा मासु पसल र दुई वटा फलफूल तथा जुस पसललाई १० हजार रुपैयाँका दरले जरिवाना र सचेत गराएका छौँ’, सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले भने ।

अनुगमनका क्रममा लगनखेलको तरकारी बजारभित्रको शिव फलफूल जुस पसलमा म्याद नाघेका रियल जुसका प्याकेट भेटिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी सुनुवारले हरेक महिना तालिका बनाएर छड्के अनुगमन गर्ने जानकारी गराए ।  





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १२:५४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया