इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट प्रा. उपाध्याय सम्मानित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

यस वर्षको इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट प्राध्यापक विद्यानाथ उपाध्याय भट्ट सम्मानित भएका छन् । 

श्री लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले सोमबार विशेष कार्यक्रम गरी तन्त्र विद्याका विद्वानसमेत रहेका प्राध्यापक उपाध्याय भट्टलाई सम्मान गरेको हो । 

त्यसैगरी श्री लूनकरणदास गंगादेवी चौधरी सरस्वती सम्मानबाट कवि विष्णुविभु घिमिरे र लक्ष्मण नेवटिया सम्मानित भएका छन् । नारायणगोपाल संगीत सम्मानबाट लोकगायिका तथा संगीतकार झुमा लिम्बू सम्मानित भएकी छिन् । 

स्रष्टा सम्मान कार्यक्रममा साहित्य कला मन्दिरले प्रकाशन गरेको प्रा.डा. उषा ठाकुरको समीक्षा–संग्रह विचार र विश्लेषण तथा हास्यव्यंग्यकार नेवटियाद्वारा लिखित तथा मञ्जरी प्रकाशनद्वारा प्रकाशित व्यंग्य कवितासंग्रह व्यंग्यधामको लोकर्पणसमेत भएको छ । 

कार्यक्रममा बोल्दै अभिनेत्री मनीषा कोइरालाले साहित्य र सिनेमाको सम्बन्ध धेरै ठूलो रहेको बताइन् । उनले साहित्यले समाजको नक्सा कोर्ने बताइन् । कार्यक्रममा अभिनेत्री कोइरालाले सम्मानित हुने सबैलाई सम्मान प्रदान गरेकी थिइन् । 





  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार १९:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया