logo-img

भोलिबाट एनआरएनए अधिवेशन : अध्यक्षमा चारजनाको उम्मेदवारी, अन्य पदमा कति ? (नामावलीसहित)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मंगलबार गैरआवासीय नेपाली संघ एनआरएनएको अधिवेशन सुरु हुँदै छ । अधिवेशनका लागि संसारभरका गैरआवासीय नेपाली नेपालमा जम्मा भएका छन् । अघिल्लोपटक विवादका कारण अधिवेशन हुन नसकेपछि सरकारले हस्तक्षेप गरेर सर्वसम्मत रूपमा चारजना अध्यक्ष बनाएर समिति घोषणा गरेको थियो । त्यसकारण यसपटकको अधिवेशन प्रतिस्पर्धात्मक बन्ने भएको छ । 

सोमबार मनोनयन दर्ताको कार्यतालिका थियो । जसमा अध्यक्ष पदका लागि चारजनाले उम्मेदवारी दिएका छन् । अध्यक्षका लागि वर्तमान अध्यक्षद्वय बद्री केसी र रविना थापा तथा उपाध्यक्षद्वय राजेन्द्र कुमार (आरके) र महेश श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन् । 

असोज २ गते हुने निर्वाचन प्रयोजनका लागि असोज २५ देखि सोमबारसम्म मनोनयनको दर्ता राखिएकोमा अध्यक्ष पदमा चारजनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य चिरञ्जिवी ढकालले जानकारी दिए । 



निर्वाचन समितिले सोमबार साँझ सबै पदका उम्मेदवारको पहिलो नामावली सार्वजनिक गरेको छ । जसअनुसार उपाध्यक्ष पदमा १८ जनाको उम्मेदवारी परेको छ । जसमध्येबाट  ६ जना निर्वाचित हुने व्यवस्था छ । यसैगरी एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा दुई जना, एक जना निर्वाचित हुने युवा उपाध्यक्ष पदमा पनि दुईजनाकै उम्मेदवारी परेको छ । 

यसैगरी महासचिवमा दुईजनाको उम्मेदवारी परेको छ । सो पदका लागि बुद्धिसागर सुवेदी र गौरीराज जोशीको उम्मेदवारी परेको हो । एनआरएनए विधानमा महासचिव पनि एकजना निर्वाचित हुने व्यवस्था छ । 

यसैगरी, उपमहासचिव पदमा ५ जनाको उम्मेदवारी परेको छ । जसमा दुईजना निर्वाचित हुनेछन् । ६ जना निर्वाचित हुने सचिव पदमा १५ जनाको उम्मेदवारी परेको छ । 



त्यस्तै, एकजना निर्वाचित हुने महिला सचिव पदमा दुईजनाको उम्मेदवारी परेको छ । यसैगरी सचिव पदमा ठाकुर ढुंगाना र सुदन थापाको उम्मेदवारी परेको छ । ​

कुन पदका लागि कोको उम्मेदवार ?​



  • प्रकाशित मिति : असोज २९, २०८० साेमबार २२:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया