चलचित्रको सेन्सरमा उदारता देखाऔँ : भुवन केसी
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताएका छन् । सोमबार आयोजित एक कार्यक्रममा उनले चलचित्रको सेन्सर कडा हुँदै गएको भन्ने आवाज उठेको भन्दै सेन्सर बोर्डलाई नेपाली चलचित्रका लागि सेन्सर खुकुलो गर्न आग्रह गर्ने बताए । 

केसीले नेपाली चलचित्रको सब्टाइटल राख्नसके विदेशमा पनि राम्रो महत्व पाउने बताए । उनले सब्टाइटलका कारण विश्वका मानिस नेपाली चलचित्रको फ्यान हुनसक्ने बताए ।

‘रिलिज हुने चलचित्रको सब्टाइटल गरिनुपर्छ । त्यसो गरे संसारभरका मानिसले हेर्न सक्नुहुनेछ । हाम्रा चलचित्र हेरेर विदेशीहरू पनि नेपाली चलचित्रका फ्यान हुन सक्छन् । नेपाली चलचित्रको सेन्सर कडा भएको छ भन्ने आएको छ । हरेक सामाजिक सञ्जालमा कुनै सेन्सर लागू हुँदैन, चलचित्र क्षेत्रमा अलि उदार हुनुपर्छ,’ भुवनले भने, ‘सेन्सर बोर्ड र चलचित्र विकास बोर्ड फरक भएकाले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाइयोस् भन्ने आग्रह गर्छु । उदारता हामीले देखाउनुपर्छ ।’  

उनले नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउन आवश्यक रहेको बताए । 





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार ९:४१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया