‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ को नेपाली अनुवाद बजारमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पण्डित आचार्य बैजनाथ भट्टराईद्वारा लिखित पुस्तक ‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ को नेपाली अनुवाद बजारमा आएको छ । शंकराचार्यद्वारा संस्कृत भाषाबाट हिन्दीमा अनुवाद गरिएको गीताको शाङकरभाष्यलाई पण्डित भट्टराईले नेपाली अनुवाद गरेका हुन् ।

संस्कृत भाषाका जटिल शब्दहरूलाई छुट्याएर पुस्तकमा सरल भाषामा लेखिएको छ । श्रीमद्भागवतगीता जस्तो ज्ञानको महासागरका विविध पक्षको पुस्तकमा महिमा र व्याख्या गरिएको छ ।    

स्वर्गीय बैजनाथले ५० वर्ष अघि हस्तलिखित पाण्डुलिपिका रूपमा यो ग्रन्थको रचना गरे पनि त्यसलाई ग्रन्थको रूपमा प्रकाशन गरेर भर्खरै मात्र बजारमा ल्याइएको हो । यसलाई छपाइ गरी प्रकाशनमा ल्याउने काम स्वर्गीय बैजनाथका जेष्ठ सुपुत्र स्वर्गीय विश्वनाथ भट्टराईका सुपुत्र (पं बैजनाथका नाती) भरत भट्टराई र श्रीमती उषा भट्टराईले गरेकी हुन् । 

आध्यात्मिक चिन्तन ज्ञानका लागि यो ग्रन्थ उपयोगी त छ नै आधुनिकताको नाममा भौतिक उपभोग्य सामग्रीले कुरूप पारेको जीवन र जगतलाई सही मार्ग निर्देश गर्न पुस्तक निकै सहयोगी बन्न सक्नेछ । हाम्रा चाडपर्वका बेला कुन पुस्तक अध्ययन गर्ने भन्ने दोधारमा रहनेहरूका लागि पनि पुस्तक निकै उपयोगी हुन सक्नेछ ।  

बैजनाथको जन्म १५ चैत वि.सं १९७१ मा ताप्लेजुङमा तथा निधन ७ फागुन २०५८ मा विराटनगरमा भएको थियो । स्वर्गीय बैजनाथको यो ‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ १०औँ ग्रन्थ हो । यसअघि विभिन्न कालखण्डमा बैजनाथका ९ वटा कृति प्रकाशित भएका थिए । 

‘श्रीमद्भागवतगीता शाङकरभाष्य’ मा ६५४ पृष्ठ रहेका छन् । यसलाई मोरङ अफसेट प्रेसमा छापिएको हो । यस ग्रन्थको संस्थागत मूल्य १ हजार ५ रुपैयाँ र व्यक्तिगत ५ सय ५ रुपैयाँ रहेको छ ।  





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार १०:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया