ओलीलाई भेटेपछि दीपकराज गिरी भन्छन्- उहाँ त मभन्दा बढी व्यंग्यकार हुनुहुन्छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकूल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीति शरीरको मुटु भएको र नेपालीहरू राजनीतिबाट हामी टाढा बस्नै नसक्ने बताए ।

उनले धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिने गरे पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समयानुकूल आफूलाई परिवर्तन गर्नसक्ने क्षमताको नेता भएको बताए ।  

‘हामीले चलचित्र समयानुकूल परिवर्तन गर्दै जानुपर्छ। राजनीति भन्ने चिज शरीरको हार्ट र मुटु हो । राजनीतिबाट हामी टाढा बस्नै सक्दैनौँ । धेरै नेताहरू आफ्नो विषयसँग सम्बन्धित कुरामा मात्रै ध्यान दिएको देख्छु तर केपी शर्मा ओलीमा अहिलेको समाजसँग परिवर्तन गर्दै जाने खुबी छ । उहाँमा सबै किसिमको ज्ञान छ । उहाँका पोस्ट र व्यक्तिगत रुपमा भेट्दा पनि राम्रो लाग्छ,’ गिरीले भने, ‘आफूलाई समयअनुसार अपग्रेट गर्नुपर्छ । यो कुरा चलचित्रमा लागू हुन्छ । हास्यव्यंग्यको कुरा गर्दा मलाई नै भन्छन्, तँ भन्दा पनि ठूलो हास्यव्यंग्यकर्मी उहाँ हो । व्यंग्यको चेत भनेको ठूलो कुरा हो, व्यंग्य गर्न थुप्रै अध्ययन चाहिन्छ ।’ 

उनले अध्यक्ष ओली आफूभन्दा पनि बढी व्यंग्यकार भएको बताए । 





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार ११:३४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया