logo-img

नागरिकता कागजको टुक्रा मात्र नभइ हाम्रो मुटुको अंश पनि हो : उपेन्द्र महतो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएन) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले गैरआवासीय नागरिकता प्राप्त भएसँगै नागरिकताका लागि चलाएको अभियानले सार्थकता पाएको बताएका छन् । उनले देशलाई समृद्ध बनाउने एनआरएनए नेपालीको अभियानले वैधानिकता पाएको पनि सुनाए ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीलाई नागरिकता दिएसँगै महतोले आफूहरूले प्राप्त गरेको गैरआवासीय नागरिकता कागजको टुक्रा मात्र नभइ मुटुको अंश बनेको प्रतिक्रिया दिए । 

एनआरएन नेपालीलाई नागरिकता वितरण गर्न सुरु गरेकाप्रति प्रधानमन्त्री प्रचण्ड र संसदप्रति आभार प्रकट गरेका उनले भने, ‘यो नागरिकता सानो कागजको टुक्रा मात्रै होइन हाम्रो मुटुको अंश बन्ने छ । हाम्रो प्रत्येक धड्कनमा गैरआवासीय नेपालीहरू नेपाल आमालाई कसरी समृद्ध बनाउन सकिन्छ, कसरी खुसी बनाउन सकिन्छ, कसरी शान्त बनाउन सकिन्छ भन्ने अभियानमा लागिरहने संकल्प गर्दछौँ ।’



उनले सबै गैरआवासीय नेपालीले सहज ढंगले नेपाली नागरिकता पाउने सम्बन्धित निकायको तर्फबाट सहजीकरण हुने र सजिलै नागरिकता पाउनेप्रति विश्वास व्यक्त गरे । 
 





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार १३:७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया