logo-img

अमेरिकी राष्ट्रपति बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने भएका छन् । इजरायल हमासकाे आक्रमणपछि तनावग्रस्त बनेकाे छ । 

अमेरिकी राष्ट्रपतिकाे भ्रमणलाई लिएर विश्वभर विभिन्न टीकाटिप्पणी पनि सुरु भएका छन् । कतिपयले उनकाे भ्रमणलाई सकारात्मक भनेका छन् भने कतिपयले याेबेला बाइडेनले इजरायल भ्रमण नगरेकाे भए राम्राे हुने बताएका छन् । 

भ्रमणका क्रममा उनले गाजामा हमासविरुद्ध भूमिगत आक्रमण गर्ने इजरायलको योजनाबारे बुझ्ने बताइएको छ । इजरायलले सर्वसाधरणको हताहत कम गर्ने तरिकाले कसरी आफ्नो आक्रमण गर्नसक्छ भनेर पनि उनले छलफल गर्ने बताइएको छ ।



इजरायलमा अक्टोबर ७ यता हमासको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या एक हजार ३०० नाघेको छ । इजरायलले गाजामा गरेको जवाफी हमलामा दुई हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको छ ।

गाजामा हमासविरुद्ध इजरायलले व्यापक आक्रमण गरिरहेको छ तर, यसमा प्यालेस्टाइनीहरूले ठूलो संकटको सामना गरिरहेका छन् । यसबीच इरानले इजरायलविरुद्ध पूर्व–प्रभावकारी एक्सन चाल्ने चेतावनी दिएको छ ।

यसले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह मिलिसियाको संलग्नताको संकेत गरेको छ ।





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार १६:१२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया