logo-img

इजरायलबाट थप १८ जना नेपाली फर्किए
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इजरायलबाट थप १८ जना नेपाली नेपालका लागि प्रस्थान गरेका छन् । नेपाल फर्कनेमा ४ जना विद्यार्थी, १३ जना कामदार र १ जना पर्यटक भिसामा आएका छन् ।

नेपाली राजदूतावासका अनुसार स्वदेश फर्कनेहरु बेन गुरियन इन्टरनेसनल एअरपोर्टबाट स्थानीय समय अनुसार दिउँसोको २ः५५ बजे उडेको स्पाइसजेट एअरलाइन्सको उडान नं एसजी ९९९६ बाट भारतीय दूतावाससँगको समन्वयमा भारतको राजधानी नयाँ दिल्लीसम्म आउनेछन् । 

त्यहाँबाट नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहयोगमा नेपालसम्म पुर्याउने गरी व्यवस्था गरिएको दूतावासले जनाएको छ । दूतावासले आवश्यकतानुसार अन्यको फिर्तीमा समेत क्रमशः सहजीकरण गर्ने जनाएको छ ।

सो घटनामा परी निधन भएकामध्ये पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी २–३ दिन भित्र नेपाल पठाउने गरी तयारी भइरहेको छ भने अन्य शवको पहिचानको काम भइरहेको दूतावासले जानकारी दिएको छ ।





  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार २२:५६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया