फ्रान्सका राष्ट्रपति म्याक्रोन इजरायल भ्रमणमा जाने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले  इजरायल भ्रमण गर्ने तयारी गरेको जेरुसेलम पोस्टले उल्लेख गरेको छ। इजरायलमा हमास समूहले गरेको घातक हमलापछि हुन लागेको उनको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ ।  

हमास समूहद्वारा अक्टोबर ७ देखि इजरायलमा गरिएका शृंखलाबद्ध हमलामा परी १,४०० इजरायलीको हत्या  भएको छ ।  करिब २०० जनालाई अपहरण गरिएको छ । 

हमासले अपहरण गरेका मध्ये एकजना फ्रान्सेली इजरायली नागरिक माया स्किम सोमबार टेलिग्राममा पोस्ट गरिएको भिडियोमा देखा परेका थिए ।  सो भिडियो सार्वजनिक भएपछि  म्याक्रोनले उनको तत्काल  निःशर्त रिहाइको माग गरेको द जेरुसेलम पोस्टले उल्लेख गरेको छ। 

म्याक्रोन इजरायलका दृढ समर्थक हुन् ।
यसअघि अक्टोबर ८ मा म्याक्रोनले इजरायली समकक्षी आइज्याक हर्जोग र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्ता गरेका थिए ।  इजरायलमा गरिएको आक्रमणको निन्दा गर्दै फ्रान्सले पीडित देशलाई समर्थन गर्ने प्रतिबद्धता जनाएको थियो ।

हमासको आक्रमणपछि शनिबार बिहान दक्षिणी र मध्य इजरायलमा रकेटको ब्यारेज प्रहार भएपछि म्याक्रोनले नेतान्याहु र हर्जोगसँग वार्ता गरेका थिए । 

सामाजिक सञ्जाल एक्समा म्याक्रोनले उल्लेख गरेका छन्–मैले राष्ट्रपति हर्जोग र प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेको छु। म गाजाबाट इजरायल, त्यहाँका सैनिक र त्यहाँका जनतामाथि गरिएको आक्रमणको निन्दा गरेको छु। फ्रान्स, इजरायल र इजरायलीहरूसँग ऐक्यबद्धतामा उभिएको छ र तिनीहरूको सुरक्षाका निम्ति दृण छ ।



यसै बीच हमासले इजरायलमा आक्रमण गरेपछि बेपत्ता भएका थुप्रै फ्रान्सेली नागरिकका परिवारका सदस्यहरूसँग सोमबार फ्रान्सका पूर्वप्रधानमन्त्री म्यानुअल भाल्सले भेट गरेका छन् ।

उनले तेल अवीवमा बेपत्ता भएकाहरूको परिवारलाई सान्त्वना दिएका छन् ।  इजरायलको राष्ट्रिय एकता पार्टीका नेता बेनी गान्ट्जले जर्मन चान्सलर ओलाफ स्कोल्जसँग भेट गर्न लागेको  जेरुसेलम पोस्टले जनाएको छ ।



गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली हवाई आक्रमणमा मारिएका प्यालेस्टाइनीको संख्या २ हजार ७५० पुगेको छ भने घाइतेको संख्या ९ हजार ७ सय पुगेको छ । मन्त्रालयले इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूमा ७५० भन्दा बढी बालबालिका रहेको बताएको  छ।

हमासको आक्रमणबाट इजरायलमा मर्नेको सङ्ख्या अहिले १,४०० भन्दा बढी भएको इजरायल डिफेन्स फोर्स (आइडिएफ)ले जनाएको छ।

  • प्रकाशित मिति : असोज ३०, २०८० मंगलबार २३:१५:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया