logo-img

जलवायु परिवर्तनको असरबारे छलफल गर्न प्रधानमन्त्री दाहाल मुस्ताङमा
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानै मुस्ताङ गएका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया गर्न उनी मुस्ताङ गएका हुन् । 

प्रधानमन्त्री दाहाल मुस्ताङ आइपुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । यसक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । 

मंगलबार अचानक बिरामी परेर नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री दाहालको स्वास्थ्य अवस्था अहिले भने ठीक रहेको उनको सचिवालयले जनाएको छ । 







  • प्रकाशित मिति : कात्तिक १, २०८० बुधबार ८:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया