logo-img

हङकङविरुद्ध करणको घातक बलिङ, तीन ओभरमा लिए तीन विकेट

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत हङकङविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ । नेपाललाई चौथो सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । 

उनले ४.३ ओभरमा हङकङका स्टार ब्याटर बाबर हयातलाई ५ रनमै क्याच आउट गराए । नेपाललाई तेस्रो सफलता अर्का तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । उनले चौथो ओभरको अन्तिम बलमा मार्टिन कोएत्जीलाई २ रनमा बोल्ड गरे । 

त्यसअघि करणले  २.३ ओभरमा अशुंमन रथनलाई ७ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए । उनले पहिलो सफलता दिलाउनेक्रममा कप्तान निजाकत खानलाई पहिलो बलमै शून्यमै बोल्ड गरे । नेपालले आज पनि टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । 



नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराएको थियो । हङकङ घरेलु टोली नेपाललाई हराउँदै उत्कृष्ट सुरुवात गर्ने योजनामा छ । 

हालसम्म नेपाल र हङकङले एकअर्काविरुद्ध पाँच खेल खेलेका छन् । जसमा हङकङले तीन खेल जितेको छ । नेपालले अहिलेसम्म हङकङलाई एक खेलमा मात्र पराजित गरेको छ । यी दुई टिमबीचको एक खेल भने नतिजाविहीन भएको विगत छ ।  

नेपाल र हङकङले अन्तिमपटक सन् २०२० मा खेलेका थिए । सो खेलमा हङकङसँग नेपाल ४३ रनले पराजित भएको थियो । यसपटक नेपाल तीन वर्षअघिको हारको बदला लिने रणनीतिमा छ ।   



हङकङविरुद्ध पनि नेपालले अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ । सिरिजमा नेपाल, यूएई र हङकङले खेलिरहेका हुन् । सिरिजको फाइनल खेल १० कात्तिकमा कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।  



  • प्रकाशित मिति : कात्तिक २, २०८० बिहीबार ११:३०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया