logo-img

चिडियाखानामा ‘सटल बस’ को व्यवस्था गर्दै ललितपुर महानगर

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस वर्ष सदर चिडियाखानामा बालबालिका र वृद्धवृद्धालाई घुमाउनका लागि ‘सटल बस’ राख्ने बताएका छन् ।  

राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहलाई सम्बोधन गर्दै उनले आफू मेयर भइसकेपछि जावलाखेलको चिडियाघरभन्दा बाहिर नजिकमा हुने कन्सर्टहरू बन्द गराएको पनि बताए । कन्सर्टहरू बन्द हुँदा चिडियाखानामा भएका वन्यजन्तु आराम साथ निदाउन पाएको उल्लेख गरे । 

मेयर महर्जनले महानगरपालिकामा धेरै सुधार गर्न बाँकी रहेको भन्दै ललितपुर महानगरपालिका सहकार्य गर्न इच्छुक र तयार रहेको पनि बताए । मेयर महर्जनले ललितपुर महानगरलाई आगामी दुई वर्षभित्र नमूनास्तरको बनाउने बताए ।  







  • प्रकाशित मिति : कात्तिक ३, २०८० शुक्रबार १७:१८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया