logo-img

एनआरएनए अध्यक्षमा बद्री केसीलाई शपथ, दुई प्रत्याशीले बोलाए आकस्मिक ‘प्रेस मिट’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसीलाई शपथ गराइएको छ । अध्यक्षका अन्य दुई प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठले भने केसी पक्षले निर्वाचनमा सिस्टम ह्याक गरेर धाँदली गरेको आरोप लगाएका छन् । 

धाँदली गरेर केसी विजयी भएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । केसीले समग्र निर्वाचन नै हेरफेर गरेको उनीहरूको आरोप छ । उनीहरुले निर्वाचनको परिणाम नै अस्वीकार गर्ने घोषणा गरेका छन् । 

दुई प्रत्याशीको विरोधका बाबजुद केसीसहित सम्पूर्ण कार्यसमितिलाई शपथ दिलाइएको हो । शपथ गराएसँगै श्रेष्ठ र शर्मा समूहले राजधानीको होटल हिमालयमा शनिबार साँझ ५ बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । 



अध्यक्षका प्रत्यासी आरके शर्माले सिस्टम कब्जा गरेर स्वतन्त्र ढंगले निर्वाचन नभएको भन्दै कथित शपथको कुनै औचित्य नहुने बताएका छन् । संघलाई बद्री केसी पक्षले विभाजनतर्फ लगेको उनको टिप्पणी छ । 





  • प्रकाशित मिति : कात्तिक ४, २०८० शनिबार १६:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया