logo-img

पाल्पा जिप दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पाल्पाको रानीमहल नजिकै आइतबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका रहेको खुलेको छ । दसैँमा रानीमहल घुमेर फर्कनेक्रममा तानसेन–रानीमहल सडकखण्डको वैकुण्ठ चिरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो ।  

दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परेका सातजना पूर्वी नवलपरासी देवचुली नगरपालिका–१६ रजहरका स्थायी बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ । 

दुर्घटनामा परी मृत्यु हुने ६ जना र एक जना गम्भीर घाइते लोहनी परिवारका सदस्यहरू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए ।



उनीहरू एकै परिवारका श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नाति छन् । दुर्घटनामा ६५ वर्षका कृष्णबहादुर लोहनी, ५५ वर्षकी पार्वती लोहनी श्रीमान्, श्रीमती रहेको पुष्टि भएको छ । 

यस्तै, कृष्णबहादुरका बुहारी र दुई नातिहरूको समेत दुर्घटनामा मृत्यु भएको छ । अढाइ वर्षका ईसव लोहनी र ११ वर्षका सबिस कृष्णबहादुरका नाति रहेको बताइएको छ । 

यस्तै, मृतक बुहारी ३५ वर्षकी सबिना धिताल र बुहारीकी आमा ५५ वर्षकी चुनु धिताल रहेको प्रहरीले जनाएको छ । 



गम्भीर घाइते चालक ३६ वर्षका ईश्वर कृष्णबहादुरका छोरा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनाको काराण् खुल्न बाँकी छ । 



  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार १०:२४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया