logo-img

महानवमीमा भद्रकालीमा सवारी पूजा गर्नेको भिड

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भिड लागेको छ । बडा दसैँअन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारी पूजा गर्नु अगाडि सफा गरी गाडी सर्भिसिङ गरिन्छ ।  

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् । 

आजको दिन विशेषतः अटो शोरुमहरूले आफ्ना अटोमोबाइल्स उत्पदानको विशेष पूजाअर्चना गर्छन् । विधिवतरूपमा गरिने यो पूजालाई विशेष महत्वका रूपमा लिइन्छ । 

नवरात्रको महाअष्टमी/नवमीमा औजारको पूजा गरेमा औजारहरू वा साधन धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ । 





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ११:१५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया