logo-img

यूएईलाई दोस्रो झड्का, सोमपालले लिए कप्तानको विकेट
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा समूह चरणको अन्तिम खेलमा यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता पनि तीव्र गतिका बलर सोमपाल कामीले दिलाए । 

उनले २.४ ओभरमा यूएईका कप्तान मोहम्मद वासिमलाई ८ रनमा आउट गरे । सोमपालले उनलाई गुलशन झाको हातबाट क्याच आउट गराएका हुन् । त्यसअघि सोमपालले नेपाललाई ब्रेकथ्रू दिलाउनेक्रममा पहिलो ओभरमै अर्का ओपनिङ ब्याटर खालिद साहलाई १२ रनमा बोल्ड गरे । 

नेपालले आज टस जितेर पहिला फिल्डिङ गरिरहेको हो । नेपालले लगातार चौथो खेलमा टस जितेको हो । नेपाल–यूएईबीचको खेल मूलपानी क्रिकेट मैदानमा भइरहेको हो । नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले यूएईविरुद्ध ललित राजवंशी र प्रतिश जिसीलाई विश्राम दिएर अविनाश बोहरा र विवेक यादवलाई मौका दिएको हो ।



श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकाल्यो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो । 

जितमा ह्याट्रिक गर्नेक्रममा नेपालले शनिबार हङकङविरुद्ध ७९ रनको सानदार जित हात पार्‍याे । त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै १३ कात्तिकदेखि टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ ।  

नेपालको प्लेइङ–११ : आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी र अविनाश बोहरा ।





  • प्रकाशित मिति : कात्तिक ६, २०८० साेमबार ११:२०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया