आज पनि दसैँको टीका र जमरा लगाइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

आज पनि दसैँको टीका र जमरा लगाइँदै छ । मंगलबार शुभ साइतको टीका थाप्न नपाएकाहरू आज पनि आफन्तकहाँ आर्शीवाद लिन जाने चलन छ । यो क्रम कोजाग्रत पूर्णिमा (शनिबार) सम्म रहन्छ ।

कुनै ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लिएपछि दसैँ सक्ने प्रचलन पनि रहेको छ । आज पापाङ्कुशा एकादशी पनि रहेको छ । विजयादशमीको भोलिपल्ट पर्ने यस एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ ।  

आजका दिन काठमाडौंको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्छ । 





  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार ६:५५:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया