logo-img

हेलिकोप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईंको निधन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मनाङ एयरका पाइलट प्रकाश सेढाईंको निधन भएको छ । उनको भारतको नेसनल बर्न सेन्टर मुम्बईमा उपचारका क्रममा हिजो निधन भएको हो । 

मनाङ एयरले विज्ञप्ति जारी गर्दै चिकित्सकको अथक प्रयत्नका बाबजुद उपचारका क्रममा पाइलट सेढाईंको निधन भएको जनाएको छ । मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ ।    

सेढाईंले चलाएको हेलिकोप्टर गएको २७ असोजमा सोलुखुम्बुमा दुर्घटना भएको थियो । दुर्घटनामा परी पाइलट सेढाईं गम्भीर घाइते भएका थिए । 



उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन् ।  





  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार ८:४३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया