तलेजुको वाहन सेतो घोडा जात्रा सकियो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

तलेजु भवानीका वाहनको प्रतीक सेतो घोडाको जात्रा गएराति सम्पन्न भएको छ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको घोडाजात्रा प्रत्येक वर्ष विजयादशमी र एकादशीको रात्रिकालीन समयमा गर्ने परम्परा रहेको छ । 

जात्रा अगाडि तलेजुका चार मूल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप तलेजु भवानीलाई कालरात्रि पूजा, टीका साइत पूजा गरी विर्सजन पूजा सम्पन्न गरिन्छ ।

पूजा सम्पन्न भएपछि घोडालाई विधिवत्रुपमा पूजा गरी भेडा बलि दिइसकेपछि भक्तपुर नगरमा डुलाइ घोडा जात्रा सुरु गरिने परम्परा रहेकाे तलेजुका आचाजु सिद्धिविर कर्माचार्यले जानकारी दिए ।

घोडालाई तलेजुको मूलचोकबाट बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट खौमा, इटाछें, भार्वाचो, वंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरबार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र तमारी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिन्छ ।   

बडादसैँ र एकादशीको मध्यरातमा मनाइने भक्तपुर तलेजुको पायःद्यो (खड्ग देव) को जात्रा पनि गएराति सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात्त रूप मानिने पायःद्यो लाई रातो कपडाले बेरेर युद्ध कवच पहिर्‍याई जात्रा मनाइने गरिन्छ ।  





  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार १०:२२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया