पर्यटन प्रवर्द्धनका लागि तनहुँको भिमादमा दसैँ मेला
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो ।  

तेस्रो नेत्र युवा संस्थाको आयोजनामा आजदेखि ११ गतेसम्म आयोजना हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । मेलाकै अवसरमा जुनियर पुरुष भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । 

मगर जातिको बाहुल्य रहेको मिछुर्लुङको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको संस्थाका सचिव अमृत थापाले जानकारी दिए । उनले भने, ‘दसैँका बेला गाउँमा रमाइलो वातावरण हुन्छ, विभिन्न ठाउँबाट दसैँ मनाउन गाउँ फर्किएकाको उत्साह छ, प्रत्येक वर्ष संस्थाले दसैँको अवसर पारेर मेला आयोजना भइरहेको छ ।’

मेलाको अवसरमा मिछुर्लुङ होमस्टे अवलोकन, मिछुर्लुङ भ्यु टावरबाट दृश्यावलोकन, मगर लाफा भिलेजको अवलोकनसमेत गराइनेछ । भलिबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार,  २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । 

मिछुर्लुङ गाउँका अतिरिक्त यही नजिकै रहेको मगर भिलेज रिसोर्ट पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास भइरहेको छ । उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । 

मगर भिलेज पर्यटकीय तथा अध्ययन केन्द्रको रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए । रासस 





  • प्रकाशित मिति : कात्तिक ८, २०८० बुधबार ११:१२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया