logo-img

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा काठमाडौंबाट हेटौंडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक पुरुष घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा काठमाडौं महानगरपालिका–२७ बस्ने ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो । उनको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब साढे बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा क्षेत्रीका श्रीमान् ६५ वर्षीय शशीराज पाण्डे घाइते भएका छन् । डिएसपी भण्डारीका अनुसार काठमाडौंबाट हेटौंडा आउनेक्रममा जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।  





  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार ६:५३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया