logo-img

गरिबीको अन्त्यको आधार कृषि र वनपैदावार : मुख्यमन्त्री शर्मा
फाइल फाेटाे

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कर्णालीको गरिबी अन्त्य गर्न र समृद्ध बनाउने मुख्य आधार कृषि र वनपैदावर रहेको मुख्यमन्त्री राजकुमार शर्माले बताएका छन् । 

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–६ मग्मामा आयोजित सहिद स्मृति  खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले कृषि र वनपैदावारबाट उद्योग सञ्चालन गरेर मात्रै कर्णालीको गरिबी अन्य गर्न  सम्भव हुने बताए । 

‘त्यसका लागि भौगोलिक बनावट छुट्याएर व्यावसायिकरुपमा उत्पादन गर्ने किसानसँग हातेमालो गर्न लागेका छौँ र त्यसैका आधारमा खाका कोर्दैछौँ, कर्णालीमा भएको जडीबुटी, वन पैदावार, श्रम एकसाथ परिचालन गर्दैछौँ’, मुख्यमन्त्री शर्माले भने । 



‘बैङ्कले हामीलाई त्यति राम्रोसँग पत्याइराखेको अवस्था छैन, तिनै तहको सरकार मिलेर लघुवित्त बैङ्क निर्माण गरेर कम्तीमा किसानलाई नौ प्रतिशत व्याजमा ऋण प्रवाह गर्ने र किसानलाई उत्पादनमा लगाउने योजनाका साथ हामी अगाडि बढिरहेका छौँ, मलाई विश्वास छ, यो निर्णयमा सम्माननीय प्रधानमन्त्रीले यसको अनुमति दिनुहुनेछ र हामी अगाडि बढ्ने छौँ’, उनले भने ।  





  • प्रकाशित मिति : कात्तिक ९, २०८० बिहीबार २१:४४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया