logo-img

सरकारले हजार र पाँचसयको नोट खारेज गर्ने आँट गर्नुपर्छ : अर्जुननरसिंह केसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले एक हजार र पाँच सयका नोटमाथि प्रतिबन्ध लगाउन आवश्यक रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका सांसद केसीले, नेता तथा व्यापारीका घरमा अर्बौं रकम अवैध सम्पति रहेको दाबी गरे । 

‘अहिले राष्ट्रका सम्पत्तिहरू, अर्बौंअर्ब रुपैयाँ कालाबजारीदेखि राजनीतिक नेतृत्वसँग पनि डम्प भएर बस्या छ, त्यो हजार र पाँचसयको नोट खारेज गरेर नयाँ सुरु गर्ने आँट गर्न सक्छ सरकारले ?,’ उनले प्रश्न गर्दै भने, ‘त्यहीँबाटै नयाँ विश्वास सुरु हुन्छ मान्छेमा, होइन भने यही कालाबजारिया भ्रष्टाचारका पैसाले राजनीतिलाई ठेल–मठेल गर्दागर्दै विकृति पैदा हुने स्थिति अन्त्य हुँदैन । त्यसको परिणाम हामीले ठूलो नोक्सानी बेहोर्नुपर्ने हुन्छ ।’
उनले आमनागरिकलाई विश्वासमा लिन ठोस काम गर्न ढिला गर्न नहुने बताए । 

अर्को प्रशंगमा उनले अहिलेको राजनीतिप्रति आमनागरिकको चरम वितृष्णा बढेको भन्दै अब उनीहरुलाई विश्वासमा लिन कुरा होइन काम गर्नुपर्ने बताए । 



संसद हो र होइन भन्ने थलो मात्रै बनेको उनको टिप्पणी छ ।





  • प्रकाशित मिति : कात्तिक १०, २०८० शुक्रबार १९:२८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया