सभामुख हुँदा स्वतन्त्र भूमिकामा खरो उत्रिएको थिए, आफ्नो कार्यकालप्रति गर्व छ : अग्नि सापकोटा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पूर्वसभामुख अग्नि सापकोटाले संसदको गरिमालाई जोगाउन ढिला नगरी संसदले सामूहिक पहल सुरु गर्नुपर्ने बताएका छन् । सापकोटाले संघीय संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सांसदले सहयोग गर्नुपर्ने बताउँदै सांसदकै सामूहिक पहलबाट संसदीय कार्यलाई गरिमामय बनाउन ढिला गर्न नहुने बताएका हुन् ।

‘म संसदका दुवै सदनका सदस्यहरूलाई विशेषरूपमा अपिल गर्छु कि उहाँहरूले सामूहिकरूपमै संसदको गरिमा र प्रतिष्ठालाई उठाउन सामूहिक पहल गर्नुहोस् र । अब ढिलो नगरिकन संसदलाई जीवन्त र जनमुखी बनाउन सभामुखलाई सहयोग गर्दै सबैले सामूहिक छलफल आजैदेखि थाल्नुपर्छ,’ नेपाल न्यूज बैंकसँगको कुराकानीमा पूर्वसभामुख सापकोटाले भने ।

अहिले माओवादी केन्द्रका प्रवक्ताको भूमिकामा रहेका पूर्वसभामुख सापकोटाले संसदीय गतिविधिप्रति आम नागरिकमा छाएको निराशा सांसदहरूले गर्ने राम्रा काम र सामूहिकरूपमा लिने पहलकदमीको थालनी सँगै अन्त्य हुने बताए । 

सापकोटाले भने, ‘जब सांसदहरूले सामूहिक पहल कदमी लिन थाल्छन् त्यससँगै नागरिकमा आशाका झिल्काहरू देखिन थाल्छन् ।’  आफ्नो सभामुखकालमा उनले निर्वाह गरेको भूमिका सभामुखभन्दा पार्टीको निर्णयजस्तो देखिएको र निष्पक्ष नभएको भन्ने प्रश्नमा सापकोटाले आफू सभामुख रहँदा निष्पक्ष, तटस्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको दाबी गरे ।  

‘म यतिसम्म दाबी गर्छु कि मैले आफ्नो कार्यकालमा संवैधानिक नैतिकताको समेत ख्याल गरेर काम गरेको छु । भन्न त मान्छेहरूले के–के भन्लान् तर मैले जे गरेको छु आफ्नै निर्णय गरेको छु,’ सापकोटाले भने, ‘म सभामुखको निष्पक्ष, तटस्थ र स्वतन्त्र भूमिकामा खरो उत्रिएको छु र आफ्नो सभामुखको कार्यकालप्रति गर्व गर्छु ।’  





  • प्रकाशित मिति : कात्तिक ११, २०८० शनिबार १०:४८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया