logo-img

आर्सनलको फराकिलो जितमा एनकेटियाको ह्याट्रिक

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनले सेफिल्ड युनाइटेडलाई ५–० गोल अन्तरले हराएको छ । घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलको जितमा एडी एनकेटियाले ह्याट्रिक गरे ।

यस्तै, फाबियो भिएरा र ताकेहिरो तोमियासुको नाममा एक/एक गोल रह्यो । खेलको २८ औँ मिनेटमा एनकेटियाको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ५० औँ मिनेटमा उनले नै टोलीको अग्रता दोब्बर बनाए । 



आठ मिनेटपछि नै एनकेटियाले ह्याट्रिक पूरा गर्दै आर्सनललाई ३–० अघि बढाए । ८८ औँ मिनेटमा भिएराले पेनाल्टीमार्फत गोल गर्दै आर्सनलले ४–० को अग्रता पायो ।

इन्जुरी समयमा तोमियासुले गोल गर्दै आर्सनललाई ५–० को सानदार जित दिलाए । यो जितपछि १० खेलमा २१ अंक जोडेको आर्सनल दोस्रो स्थानमा छ । 

पराजित सेफिल्ड समान खेलबाट एक अंकका साथ पुछारमा छ । लिगअन्तर्गत शनिबार नै सम्पन्न अन्य खेलमा बर्नमाउथले बर्नेलीलाई २–१ तथा ब्रेन्टफोर्डले चेल्सीलाई २–० ले हराए । 
 






  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ७:१३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया