रियलले बार्सिलोनालाई हरायो, बेलिङ्घमको दुई गोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्पेनिस ला लिगा फुटबलमा पहिलो एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनाविरुद्ध २–१ को पुनरागमन जित दर्ता गरेको छ । गएराति घरेलु मैदान क्याम्प नोउमा सम्पन्न खेलमा अग्रता जोउन नसक्दा बार्सिलोना पराजित हुन पुग्यो ।  

खेलको छैटौँ मिनेटमा इल्के गुन्डोगनको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । ६८ औँ मिनेटमा जुड बेलिङ्घमले रियललाई बराबरीमा ल्याए ।

इन्जुरी समयमा बेलिङ्घमले नै व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ को जित दिलाए । उनले लुका मोड्रिचको पासलाई गोल गरेका थिए । 

यो जितसँगै ११ खेलमा २८ अंक जोडेको रियल शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको बार्सिलोना २४ अंकसहित तेस्रो स्थानमा छ ।  






  • प्रकाशित मिति : कात्तिक १२, २०८० आइतबार ६:४४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया